श्रीसाधना विश्वदर्शन यूएई" मा जोडिनु हुने सम्पुर्णमा हार्दिक स्वागत गर्दछौं । 🙏🙏🙏🙏 यस संस्थाले विगत लामो समय देखि नेपालमा , ध्यान,योग,साधना,पुजा,ज्योतिष जस्ता विभिन्न कार्यहरु एवं अनेक सामाजिक सेवा मा आवद्ध भएर मुक्तिनाथ तीर्थ यात्री हरुलाइ गाँस वास को व्यबस्था गर्दै , अन्नदान , धर्मशाला जस्ता कार्यहरुमा अग्रसर भई सेवा पुर्याउदै आइ रहेको छ । आधुनिक समय विज्ञानको चमत्कारि युग हो । सामाजिक ,आर्थिक , सुचना,गतिविधि मा चमत्कार नै सावित भएको छ । तर एस्ले मानिसमा हुने असिमित शक्तिसंभावना भने उजागर गराउन सकेको छैन । भौतिक र आध्यात्मिक जिवनरथका दुई पांग्रा हुन्। यी रथपाङ्ग्राहरुको गति नमिल्नाले वर्तमान समयमा विभिन्न किसिमका समस्या हरु देखापर्न थालेका छन । सुसाइट, दिप्रेसन, एनजाइटी, मानसिक रोग , अकाल मृत्यु, पारिवारिक समस्या , मर्डर आदि । यी सबैकुरालाइ मध्यनजर गर्दै "मुक्तिनाथ बाबा " का शिष्यरत्न श्री श्रीविश्वप्रकाश स्वामी " ज्यूले मानव भित्र रहेको सद् विचार उजागर गर्ने र असद् विचारलाई उन्मुलन गरि सभ्य र स्वस्थ मानवको परिकल्पना गर्ने उद्देश्यले 2024 देखि यूएई दुबईमा योग , ध्यान, साधना गराउदै आउनुभएको छ